ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक भारतीयको मृत्यु

नेपालभ्युज

ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक भारतीयको मृत्यु

काठमाडौं। पूर्वी नवलपरासीमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक जना घाइते भएका छन्।

भारतबाट ग्यास बोकेर आएको २४६० नम्बरको ट्यांकर त्रिवेणी गाउँपालिका-२ ज्यामिरेमा अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतको उत्तर प्रदेश घर भएका १८ वर्षीय जयनारायण पालको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ४२ वर्षीय अजयकुमार सिंह रहेका छन्। उनको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved