रेशम चौधरीको उम्मेदवारी खारेज

नेपालभ्युज

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका चौधरीविरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार आयोगले उम्मेदवारी खारेज गरेको हो  ।

मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले प्रतिनिधिसभा ०७४ को दफा १३ को ख(ङ) र झ बमोजिम खारेज गरीपाउँ भनी दिएको उजुरी उपर छानबिन गरि उम्मेदवारी खारेज गरिएको जनाए ।

उच्च अदालतबाट जन्मकैदको सजाय पाएर हाल डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका चौधरीविरुद्ध माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार सुरेश पन्थले उजुरी दिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved