काठमाडौं-५ मा कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार

नेपालभ्युज

काठमाडौं-५ मा कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराएका छन् । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका पौडेललाई नेपाली कांग्रेसले काठमाडौं-५ को उम्मेदवार बनाएको छ ।

यसअघिको निर्वाचनमा प्रदेशसभातर्फ उम्मेदवार बनेका पौडेल संघका लागि पहिलोपटक उम्मेदवारी दिएका हुन् । कृष्णप्रसाद सिटौला पक्षका पौडेल कांग्रेस महामन्त्रीको उम्मेदवारसमेत बनेका थिए । उनलाई अहिले कांग्रेस संस्थापन पक्षले सहयोग गरिरहेको छ ।

सोही क्षेत्रमा नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेदवार बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved