अछाममा एमालेका बोहरा मनोनयन गर्न पुग्दा असन्तुष्ट पक्षको कालो झन्डा, ओलीविरुद्ध नाराबाजी

छाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट झपट बोहराले मनोनयन दर्ता गराउन जाँदा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ।

नेपालभ्युज

अछाममा एमालेका बोहरा मनोनयन गर्न पुग्दा असन्तुष्ट पक्षको कालो झन्डा, ओलीविरुद्ध नाराबाजी

काठमाडौं। अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट झपट बोहराले मनोनयन दर्ता गराउन जाँदा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ। आइतबार दिउँसो बोहराले उम्मेदवारी दर्ता गराउन जाँदा नाराबाजी गर्नेहरूले कालोझण्डा पनि देखाए।

उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’को नारा लगाए।

अछाम १ बाट यसअघि जित्दै आएका नेता भीम रावललाई टिकट नदिइएको भन्दै असन्तुष्टि बढेको हो।

रावलले टिकट नपाएपछि नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले पार्टी छाडेको घोषणा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved