उम्मेदवारी दिएपछि प्रचण्डले भने- गोरखा आएर मैले अर्को रेकर्ड बनाएँ

गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हुन्। पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको र अहिले गोरखामा चुनाव लडेर रेकर्ड बनाएको उनले बताए।

नेपालभ्युज

उम्मेदवारी दिएपछि प्रचण्डले भने- गोरखा आएर मैले अर्को रेकर्ड बनाएँ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी मनोनयनपछि आफूले अर्को रेकर्ड बनाएको बताएका छन्। गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले धेरै ठाउँबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका हुन्।

पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको र अहिले गोरखामा चुनाव लडेर रेकर्ड बनाएको उनले बताए।

‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ, मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो। मलाई या ठाउँ आउँदा नयाँ लागेको छैन। परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु’ प्रचण्डले भने।

गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको समेत प्रचण्डले सुनाए। पहिलो सैनिक तालिम पनि गोरखामै गरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved