सिरिज जित्ने योजनामा दक्षिण अफ्रिका

नेपालभ्युज

सिरिज जित्ने योजनामा दक्षिण अफ्रिका

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै छन् । भारतको रांँचीमा खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिका लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो पक्षमा गर्ने योजनामा छ । भारत भने पहिलो जित निकाल्दै सिरिजलाई बराबरीमा पुर्‍याउन चाहन्छ ।

३ एकदिवसिय खेलको सिरिजको पहिलो खेलमा अफ्रिकाले भारतलाई ९ रनले पराजित गरेको थियो । यसअघि, दुई राष्ट्रबीच भएको टी–२० सिरिजको उपाधि भारतले २–१ ले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved