पहिरोमा मृत्यु भएका परिवारलाई चन्द्रागिरि नगरपालिकाले ५० हजार उपलब्ध गराउने

नेपालभ्युज

पहिरोमा मृत्यु भएका परिवारलाई चन्द्रागिरि नगरपालिकाले ५० हजार उपलब्ध गराउने
तश्वीर : केशव लामाको फेसबुक पेजबाट

काठमाडौं। चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाका परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार उपलब्ध गराउने भएको छ।

अविरल वर्षापछि गएराति आएको पहिरोले चन्द्रागिरि-२ देउराली नजिक ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी छन्।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले घटनास्थलको अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै तत्काल किरिया खर्चवाफत ५० हजार उपलव्ध गराउने जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved