जसपाका चार मन्त्रीको भविष्य के होला ?

नेपालभ्युज

जसपाका चार मन्त्रीको भविष्य के होला ?

काठमाडौं। जनता समाजवादी पार्टी जसपाले प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गर्ने भएपछि ४ मन्त्रीको पद खुस्किने भएको छ ।

सत्ता गठबन्धन छाडेर प्रतिपक्षी एमालेसँग जसपाले चुनावी तालमेल गरेपछि चार मन्त्रीको पद धरापमा परेको हो ।

सरकारमा जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , मोहम्मद इस्तियाक राइले भौतिक पूर्वाधार तथा यातायात , मृगेन्द्रकुमार सिंहले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदीप यादवले वन तथा वातावरण मन्त्रालय सम्हालेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले चुनावको आचारसंहिता लागु भइसकेकाले पदबाट राजिनामा दिइरहनु नपर्ने प्रतिक्रिया दिए ।

उनीहरुले राजिनामा नदिए प्रधानमन्त्री शेरवहादुर देउवाले जिम्मेवारी खोस्ने तयारी गरेका छन् ।

अघिल्लो चुनावमा पनि तत्कालीन सत्ता सहयात्री दल नेकपा माओवादीले विपक्षी एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । अहिले पनि सोही परिस्थिति आएको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्न मिल्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved