बस र ट्रक ठोक्किदा १५ जना घाइते, चारको अवस्था गम्भीर

नेपाल भ्युज

बस र ट्रक ठोक्किदा १५ जना घाइते, चारको अवस्था गम्भीर

काडमाडौं। कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका १ मा पर्ने गाङखेतमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो। दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ। बसमा २४ जना सवार थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved