को हुन् बन्द सूचीबाट नाम फिर्ता लिने ७ दलका २९ जना?

नेपालभ्युज

को हुन् बन्द सूचीबाट नाम फिर्ता लिने ७ दलका २९ जना?

काठमाडौं। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। जसमध्ये प्रतिनिसभा तर्फ ९ जना र प्रदेश तर्फका २० जना रहेका छन्।

अब आयोगले उम्मेदवारी फिर्ता लिएका उमेद्वारहरू बारे सम्बन्धित दललाई पत्राचार गरिने जनाएको छ। नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएपछि अन्तिम समयमा आएर महराको नाम हटाएको हो।

आफ्नै इच्छामा नाम हटाइए पनि प्रत्यक्ष चुनाव नलड्ने महराले यसअघि नै बताइसकेका छन्। आयोगले समानुपातिक प्रणालीतर्फ आयोगमा पेश गरिएको उम्मेदवारको संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो।

उम्मेदवारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम थियो।

यो पनि पढ्नुहोस्

पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन र गोविन्द भट्टराइले बन्दसूचीबाट नाम फिर्ता लिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved