परिवर्तनको रक्षा र सविधान जोगाउने हाम्रो चुनावी एजेण्डा : रामचन्द्र पौडेल

नेपालभ्युज

परिवर्तनको रक्षा र सविधान जोगाउने हाम्रो चुनावी एजेण्डा : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन्।

विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका हुन्।

पौडेलले देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्थामाथि अझै संकट कायम रहेको बताएका छन्। पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ। पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो।’

उनले सुशासन दिएर नेपालको उन्नती प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूती भइरहेको बताएका छन्। पौडेलले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहीत गर्न जरुरी रहेको उल्लेख गरेका छन्।

उनले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन्। पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौं। मुलुकलाई उन्नतीको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौ।’

पौडेलले नेपालको उन्नतीको बाटोलाई अगाडि बढाउदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृतिहरुलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने बताए।

उनले भनेका छन्, ‘प्रवुद्ध वर्गलाई अपिल गर्न चाहान्छु। अहिले नेपालको अवस्था के हो मुलुकलाई कुन प्रवृतिले मुलुकलाइ पछाडि धकेल्ने खोजेको छन्। यी कुरालाई ध्यानमा राखेर व्यवस्थालाई कायम राखेर अगाडि बढ्नुको विकल्प छैन्। जनताले अधिकार पाएको संविधानको रक्षा गर्नु नै आजको विकल्प हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved