मासु यसरी पकाउनु होस्

नेपालभ्युज

मासु यसरी पकाउनु होस्

काठमाडौं। दशैंं भन्ने बित्तिकै अधिकांशको भान्सामा मासुको परिकार पाक्ने गर्छ। दशैं सुरु भएसगै मासुका परिकार खाने गरिन्छ। हामीले खाने धेरै खानामध्यै मासु पौष्टिक आहारले भरिपूर्ण आहार पनि हो। यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ।

तर यहि मासुको प्रयोग सही र उचित भएन भने फाइदा भन्दा बेफाइदा बढी हुने चिकित्सकले सुझाव दिदै आएका छन्। मासु कस्तो छ , स्वस्थ्यकर छ वा छैन भन्ने कुरामा भन्दा पनि बढी भन्दा बढी मासु धेरै दिनसम्म खाने चलनले दशैंका बेला धेरै मानिस मासु सेवनकै कारण विरामी पर्ने गरेका छन्।

कस्तो मासु सेवन गर्ने ?

आफूले सेवन गर्न लागेको मासु कस्तो जनावर वा पन्छीको हो भन्ने कुराको पहिले ख्याल गर्ने । रोगी पशु पन्छीको मासुको प्रयोग धेरै घातक हुन्छ । त्यस्तै रातो मासुको तुलनामा सेतो मासु स्वास्थ्यबद्र्धक मानिन्छ।

मासुमा पनि दुइ प्रकार हुन्छन। पहिलो भनेको रातो मासु जुन चारखुट्टे जनावरको। खसी, बोका राँगाको मासु रातो मासु हो जसको अधिक प्रयोगले मानिसको मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ।

त्यस्तै रातो मासुको सेवनले शरीरमा भएका विभिन्न बलिया हड्डिहरू कमजोर भई हाडजोर्नी सम्बन्धी रोगको सम्भावना अत्यधीक हुन्छ। माछा, कुखुरा र पन्छी वर्गको मासु सेतो मासु हो। रातो मासुको तुलनामा सेतो मासु राम्रो मानिन्छ।

सजिलै पचाउन सकिने यसको साधारण विशेषता हो भने अन्य धेरै फाइदा पनि सेतो मासुले दिन्छ।

आफूले खाने खसीबोकाकाे स्वास्थ्य पनि हेराै‌ं

खसीबोका वा पन्छीको खरिद गर्नुपूर्व खसी बोकाको स्वास्थ्य कस्तो छ, त्यसमा पनि ध्यान दिनुपर्दछ। झोक्य्राएर बसेको अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, लगायत अस्वस्थ जस्तो देखिने खसीबोका किन्नुहुँदैन।

त्यस्तै मासु खरिद गर्नुपूर्वे मासुको छनौटमा पनि त्यत्तिकै ध्यान र्पुयाउनु पर्दछ । नेपालका धेरै वधशाला नियमअनुसार सञ्चालनमा चलेका छैनन्।

गुणस्तरीय मासु कसरी चिन्ने ?

स्वस्थ्यबर्द्धक मासु चिन्न नसकेको खण्डमा हाम्रो शरीरले दुख पाउँछ । अस्वस्थ्यकर मासुको सेवनले दशैं दशैं नभई दशा पनि बन्न सक्छ। त्यसैलबाहिर झुण्ड्याएर राखिएका मासुमा बाहिरी ब्याक्टेरियाको संक्रमण हुने हुँदा त्यस्तो मासु खरिद गर्नुहुँदैन।

मासु फ्रिजमा अलग अलग गरी छोपेर सफा फ्रिजमा राखेको हुनुपर्छ । मासु हलुका गुलाबी रंगको छ भने त्यसमा केही न केही खरावी छ भन्ने बुझ्दा हुन्छ। मासु हरियो तथा प्याजी रंगको भएमा त्यो पनि खान अयोग्य हुन्छ। यस्तै मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, नमिठो गन्ध आएको छ भने मासु किन्नु हुँदैन।

पकाउने कसरी ?

मासु खरिद गर्दा मात्रै नभई पकाउँदा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ। सफासँग पखालेको र पुरा पाकेको मासुमात्र खाने बानि बसाल्नुपर्छ। विभिन्न किसिमका धेरै मसला तथा चिल्लो पदार्थको प्रयोग कम गर्नु उपयुक्त हुन्छ। यस्तै बध गर्नासाथ मासु पकाएर खानु पनि उपयुक्त होइन। पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो हुन्छ।

काँचो मासुको खाँदा विभिन्न रोग सर्ने सम्भावना हुन्छ। मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुने हसनाले पेट र छालामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ। मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा मासु पोल्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ। रगत पकाएर खाने प्रचलन भएपनि त्यसले खासै फाइदा गर्दैन।

उपयुक्त भण्डारण विधि

दसैंमा एकैपटक धेरै मासु किन्ने चलन हुन्छ। यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ। मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन।

मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ। ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ। सामान्य फ्रिजमा भन्दा डिफ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ।

अझ विर्सनै नहुने कुरा काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु पनि उपयुक्त हुँदैन।   त्यस्तै शरिरलाई अपच हुने गरी पनि खानुहुँदैन। मासुसँगै सागसब्जी र फलफुलको पनि उत्तिकै सेवन गरि दशैंलाई सुखद बनाऔं।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved