धेरै ठाउँको मौसम सफा, दिउँसो केहि ठाउँमा हल्का वर्षाको सम्भावना

नेपालभ्युज

धेरै ठाउँको मौसम सफा, दिउँसो केहि ठाउँमा हल्का वर्षाको सम्भावना
फाइल तश्वीर

काठमाडौं। आज आइतबार देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान शाखाका अनुसार अहिले देशभर  आंशिक देखी सामान्य बदली रहेको छ।

दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ। प्रदेश एक, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved