काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँडप्रति असन्तुष्टि जनाएको छ।
आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँड सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै जसपाका प्रवक्ता मनिष सुमनले गठबन्धनमा सीट बाँडफाँड पार्टीका लागि सन्तोषजनक नरहेको बताएका छन्।
पाँच दलीय गठबन्धनको विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि सीट तालमेल गर्न सकिने र सो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय पनि भएको प्रवक्ता सुमनले जानकारी दिए।
प्रतिनिधिसभामा २० वटा सिटमा दाबी गरिरहेको जसपाले १६ सिट मात्रै पाउने भएपनि असन्तुष्टि जनाएको छ।
Facebook Comment
Comment