काठमाडौं। काठमाडौंको गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट’का सञ्चालक लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा प्रहरीले तीन जना पक्राउ गरेको छ।
प्रहरीले वीरगंजबाट केही व्यक्तिलाई पक्राउ गरेको र उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनामा संलग्न केही पक्राउ परेको पुष्टि गरे। उनले थप जानकारी भने आफूसँग आइनपुगेको बताए।
असोज ४ गते सोमबार सांझ ६ बजे गोठाटारमा मोहम्मदमाथि अज्ञात समुहले गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो। गोली प्रहारबाट हत्या गरिएका मोहम्मद विवादित पृष्ठभुमिका व्यक्ति हुन्।
घटनाको अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल, कृष्ण चन्द र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन्।
यो पनि पढ्नुहोस्
गोठाटार घटना : व्यवसायीलाई गोली हान्नेहरू ३ दिनदेखि छेउछाउकै गेस्टहाउसमा बसेको पुष्टि
Facebook Comment
Comment