सिट बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक बस्दै, होला त आजै सहमति?

नेपालभ्युज

सिट बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक बस्दै, होला त आजै सहमति?
फाइल फोटो।

काठमाडौं। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरूले दाबी गरेका छन्।

आजको बैठकले दलहरूले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धन कार्यदलका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले बताए। आजको बैठकले दोहोरो तेहरो दाबी रहेका केही क्षेत्रबारे पनि निर्णय लिने उनले दाबी गरे।

गठबन्धनमा अधिकांश क्षेत्रमा सिट बाँडफाँटको सहमति भइसकेको छ। केही क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै रहेकाले टुंगिन भने बाँकी छ।

नेकपा एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ। समाजवादीले १६ सिटमा चुनाव लड्ने सहमति भए पनि त्यसमा उसको असन्तुष्टि छ।

नेताहरूका अनुसार तीन जिल्लाबाहेक सबै क्षेत्रको बाँडफाँड टुंगिएको छ। स्रोतका अनुसार सप्तरी, कास्की र अछाम १ मा सहमति हुन सकेको छैन।

कांग्रेसले ८७ सिट, माओवादीले ४४ सिट र नेकपा समाजवादीले १६ सिट पाउने लगभग सहमति छ भएको छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १६ वटा सिटमा असन्तुष्टि जनाउँदै हिजोको बैठकबाट बाहिरिएका थिए।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धनमा सिट बाँडफाँट सकस : कहाँ छ दोहोरो तेहरो दाबी?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved