अमेरिकामा खतरनाक आँधी, केही राज्यमा संकटकाल, कतै लुटपाट मच्चियो

आँधीले ल्याएको विपद्को मौका छोपेर केहि सहरमा लुटपाट मच्चिएको छ । फोर्ट मायर्स सहर सहित ली काउन्टीमा लुटपाट मच्चिएपछि कर्फ्यू घोषणा गरिएको छ।  केहि पसल र पेट्रोल स्टेशन तथा मानिसका घरमा लुटपाट भईरहेको भन्दै अर्को सूचना नभएसम्म काउन्टीले कर्फ्यु लगाएको हो ।

नेपालभ्युज

अमेरिकामा खतरनाक आँधी, केही राज्यमा संकटकाल, कतै लुटपाट मच्चियो

वासिङ्टन। अमेरिकाको फ्लोरिडासहितका केही राज्यमा अहिलेसम्मकै खतरनाकमध्येको एक ‘इयान’ आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ । आँधीसँगैको मुसलधारे वर्षाले कयौँ सहर डुबेका छन्, सडक र हवाइ यातायात बन्द भएका छन् ।

लाखौँ नागरिक विजुली र सञ्चार सम्पर्कबाट विच्छेद भएका बीबीसीले जनाएको छ । आँधीमा फसेको एक डुंगा डुब्दा २० जना आप्रवासीहरू बेपत्ता भएका छन्, । चार जनालाई तटरक्षकले समुद्रबाट उद्धार गरेका थिए। राष्ट्रिय तूफान केन्द्र एनएचसीले आँधीलाई अत्यन्त खतरनाक भन्दै ठूलो क्षतिको चेतावनी दिएको छ ।

यो आँधी बिस्तारै उत्तर-पूर्वतर्फ सरेको र एट्लान्टिक महासागरमा देखा पर्ने पूर्वानुमान गरिएको छ।आँधी शुक्रबार जर्जिया र साउथ क्यारोलिना पुग्ने अनुमान छ । टम्पा सहरका मेयर जेन क्यास्टरले आउँदो २४ घण्टा सबैभन्दा खतरनाक हुने भन्दै मानिसहरूलाई रातभर सुरक्षित ठाउँमा शरण लिन आग्रह गरेका छन्।

भर्जिनियाका गभर्नर ग्लेन यङकिनले इयान आँधीका कारण आपतकालको घोषणा गरेका छन् । यसअघि बुधबार नर्थ क्यारोलिना र साउथ क्यारोलिनाले आँधी आउनुअघि आपतकालिन अवस्थाको घोषणा गरेका थिए । यस्तै जर्जियाका गभर्नरले मंगलबार नै आपतकालको घोषणा गरेका थिए ।

फ्लाइटवेर वेबसाइटका अनुसार अमेरिका भित्र वा बाहिर २ हजार एक सय ४० भन्दा बढी उडान रद्द भएका छन् । फ्लोरिडामा सबैभन्दा बढी ओर्लान्डोमा तीन सय ८६ वटा उडान रद्द भएका छन् । मियामीमा दुई सय १६ उडानहरू रद्द गरिएका छन् ।

आँधीले ल्याएको विपद्को मौका छोपेर केहि सहरमा लुटपाट मच्चिएको छ । फोर्ट मायर्स सहर सहित ली काउन्टीमा लुटपाट मच्चिएपछि कर्फ्यू घोषणा गरिएको छ।  केहि पसल र पेट्रोल स्टेशन तथा मानिसका घरमा लुटपाट भईरहेको भन्दै अर्को सूचना नभएसम्म काउन्टीले कर्फ्यु लगाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved