चुनावपछि राप्रपा पहिलो पार्टी बन्छ : लिङ्देन

नेपालभ्युज

चुनावपछि राप्रपा पहिलो पार्टी बन्छ : लिङ्देन
फाइल फोटो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावपछिआफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको दाबी गरे ।

‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘ मतदाताको नजरमा राप्रपा परेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दाबी गरे ।

राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक-पटक हारेकाले नेत कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए । हारेको हार्दै गर्दा जितिन्छ भन्ने र जिते पनि त्यत्रो सिट भन्ने हिन मानसिकता अझै छ’ उनले भने ।

४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनले दावी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved