नेपाल र भुटान भिड्दै

नेपालभ्युज

नेपाल र भुटान भिड्दै

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटान भिड्दै छन् । माल्दिभ्समा जारी प्रतियोगितामा नेपाल र भुटान बुधबार दिउँसो सवा ४ बजे आमने-सामने हुनेछन् ।

नेपाल लगातार दोस्रो जितको खोजीमा प्रतिस्पर्धा गर्नेछ । भुटान भने पहिलो जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४९ ले पराजित गरेको थियो ।

नेपाल आफ्नो पहिलो खेलमा भने आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । प्रतियोगितामा ४ राष्ट्रको सभागिता रहेको यछ । शीर्ष टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved