काठमाडौं। प्रभु बैंक लिमिटेड र ठमेलस्थित केसिज रेस्टुरेन्ट एन्ड बारबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र केसिज रेस्टुरेन्ट एन्ड बारका तर्फबाट प्रोप्राइटर सुबोध शाक्यले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले केसिज रेस्टुरेन्ट एन्ड बारद्वारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
उक्त सम्झौता अन्तर्गत केसिज रेस्टुरेन्ट एन्डबारमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, केसिज रेस्टुरेन्ट एन्ड बारका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।
Facebook Comment
Comment