काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले तीन तहको सरकार नेपालाले धान्न नसक्ने बताएका छन् । शुक्रबार धनुषाको ढल्केवरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
जनप्रतिनिधि पाल्न अनावश्यक ऋणको भार बढेकाले ऋण काढेर जनप्रतिनिधि पाल्ने व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका उनले तीन तहको सरकार नेपालले धान्न नसक्ने टिप्पणी गरे।
‘कसैलाई संघियता प्यारो लाग्छ र संघीयता साँचिक्कै अधिकारसँग सम्बन्धित छ भन्ने लाग्छ भने राप्रपालाई आपत्ति छैन। संघीय व्यवस्थै भनोस् केही छैन। तर प्रदेश खारेज हुनुपर्छ। तीन तहको सरकार नेपालले धान्न सक्दैन,’ उनले भने, ‘ऋण काढेर जनप्रतिनिधि पाल्ने व्यवस्थाको अन्त्य हुनुपर्छ। केन्द्र र बलियो स्थानीय तह भए हुन्छ।’
उनले भने ‘हामीले परिकल्पना गरेको राजा भनेको शासन गर्ने होइन। एउटा अभिभावकीय संस्थाका रूपमा हामीले राजा खोजेका हौं ।’ उनले अगाडी भने, ‘पूर्ण समानुपातिक संसद, सांसद मन्त्री हुन नपाउने। जनताले सोझै प्रधानमन्त्री चुन्न पाउने।’
Facebook Comment
Comment