पूर्व प्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश

नेपालभ्युज

पूर्व प्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश

काठमाडौँ ।  नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । ललितपुरस्थित पार्टी मुख्यालयमा बिहिबार यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उनलाई एमालेमा प्रवेश गराएका हुन् ।

पूर्व प्रहरी महानिरीक्षक खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जनता समाजवादी पार्टी (जसपा)का नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देशका लागि काम गर्ने पार्टी भएकोले निर्वाचनमा जिताउन आग्रह गरे । उनले एमाले जनताका समस्या र भावनालाई सम्बोधन गर्ने एकमात्र पार्टी रहेको बताए ।

एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनताको हक स्थापित गर्ने पार्टी एमाले मात्र रहेकोले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved