रुकुम पूर्व दुर्घटना- घाइतेलाई लिन हेलिकप्टर जाँदै

नेपालभ्युज

रुकुम पूर्व दुर्घटना- घाइतेलाई लिन हेलिकप्टर जाँदै

सुर्खेत। रुकुम पूर्वमा भएको गाडी दुर्घटनाका घाइतेको उद्धारको लागि हेलिकप्टर लगिने तयारी भएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस भूमे ३ मा दुर्घटना भएपछि घाइतेको उद्धारमा समस्या आएपछि लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको नरसिंह दल गुल्मका सेनानी बाबुलाल जीसीले बताए।

घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा एक जना बालक समेत छन्। १३ जना घाइते भएका छन्। ३ जनाको अवस्था गम्भीर छ।

घाइते सबैलाई रुकुम पूर्व अस्पतालमा ल्याइएको छ। गाडिमा १७ जना सवार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डागिले जानकारी दिए। मृतक र घाइतेको सनाखत हुन बाँकी छ । घाइतेको उपचारको लागि हेलिकप्टर बोलाउने समन्वय भइरहेको नरसिंह दल गुल्मका सेनानी बाबुलाल जीसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved