शुक्रबार रिलिज हुने ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा १० गतेदेखि मात्रै लाग्ने

नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ। विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने ४ दिन पछि मात्रै आउने भएको छ।

नेपालभ्युज

शुक्रबार रिलिज हुने ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा १० गतेदेखि मात्रै लाग्ने

काठमाडौं। नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ। विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने ४ दिन पछि मात्रै आउने भएको छ।

विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक/दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए। उनले घटस्थापना (१० असोज)देखि प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताए।

उता भारतमा भने प्रेमगीत ३ हिन्दी भर्सन शुक्रबार नै रिलिज हुनेछ। प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ।
चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो। भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved