‘प्रेम गीत ३’ को हिन्दी भर्सनलाई नेपालमा कर नलाग्ने, चर्किएको विवाद साम्य हुने अपेक्षा 

नेपाली फिल्म ‘प्रेम गीत–३’ को हिन्दी डब भर्सनलाई नेपालमा प्रशारण गर्न कर नलाग्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाली फिल्मको दर्जा दिएपछि १५ प्रतिशत कर तिर्नु नपर्ने भएको हो।

नेपाल भ्युज

‘प्रेम गीत ३’ को हिन्दी भर्सनलाई नेपालमा कर नलाग्ने, चर्किएको विवाद साम्य हुने अपेक्षा 

काठमाडौं। नेपाली फिल्म ‘प्रेम गीत–३’ को हिन्दी डब भर्सनलाई नेपालमा प्रशारण गर्न कर नलाग्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाली फिल्मको दर्जा दिएपछि १५ प्रतिशत कर तिर्नु नपर्ने भएको हो।

विदेशी फिल्मको रूपमा सेन्सरका लागि पठाएको विषयमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीसँग मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको थियो। बोर्डले १५ प्रतिशत विकास शुल्कका साथै विदेशी फिल्म भन्दै २० हजार रुपैयाँ भन्सार शुल्कसमेत लिने निर्णय गरेको थियो।
यसविरुद्ध फिल्म वितरकले मन्त्रालयमा निवेदन दिएका थिए। अन्ततः मन्त्रालयले फिल्म हिन्दी भाषामा स्वरांकनमात्रै भएको भन्दै निर्माता र वितरकको पक्षमा निर्णय गरेको हो।

योसँगै आगामी दिनमा विभिन्न भाषामा डब हुने फिल्मका लागि समेत यही नजिर बस्ने भएको छ। लामो समय विवाद चर्किएकोमा अब भने यो विषय साम्य हुने अपेक्षा गरिएको छ। यो फिल्म भोलि शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शन हुँदै छ।

यसैबीच, यो फिल्म प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेमगीत ३ हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो। भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved