राष्ट्रपति भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपतिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै बिहीबार रिट दायर भएको हो । 

नेपालभ्युज

राष्ट्रपति भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपतिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै बिहीबार रिट दायर भएको हो ।

अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारीले संयुक्त रिट हालेका हुन् । यस्तै मोरङको रंगेली नगरपालिकाका देव शर्माले नागरिकता विधेयक प्रमाणीकरण नगरेकामा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई अर्को रिट पनि हालेका छन् ।

ति रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा ११३ (४)बमोजिम संवैधानिक दायित्व पूरा नगरेको जिकिरसहित परमादेशको माग गरिएको छ । रिटलाई अग्राधिकार दिन पनि माग गरिएको छ ।

देव शर्माले दायर गरेको रिटमा प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधान विपरीत हुने जिकिरसहित विधेयक प्रमाणीकरण गर्न उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।  भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने भए पनि गरेकी थिइनन् ।

यी दुवै रिटमा शुक्रबारका लागि पेशी तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved