काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले बिहीबार पत्रकार सम्मेलन गरी २३ सदस्यीय टोली घोषणा गरे ।
बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली बनाएका हुन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टिम :
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ
सुनील बल, आयुष घलान, आभास लामिछाने, संजोग राई,
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी
Facebook Comment
Comment