मसुरियाको विजयी सुरुवात

नेपालभ्युज

मसुरियाको विजयी सुरुवात

काठमाडौं।  सहिद स्मारक सि डिभिजन लिग छनोटमा मसुरिया फूटबल एकेडेमीले विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन खेलमा मसुरियाले प्रगति युथ क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

मसुरियाको लागि अभिषेक भुजेलले २ र जीवन चौधरीले १ गोल गरे । अभिषेकले खेलको २६औं मिनेटमा र इन्जुरी समय गोल गरे भने जीवनले ८९औं मनेटमा गोल गरेका थिए । खेलको नवौं मिनेटमा प्रगतिले आत्मघाती गोल व्यहोरेको थियोे ।

यस्तै, अर्को खेलमा समूह ‘बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लब दिउँसो साढे ३ बजे आमने–सामने हुनेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी ६२ क्लबलाई २० समूहमा विभाजन गरेको छ ।

हरेक समूहको विजेताले नकआउट चरणमा स्थान पक्का गर्नेछ । नकआउट चरण पनि २ समूहमा विभाजन गरिएको छ । सो समूहका विजेताहरू ‘सी’ डिभिजन लिगको लागि छनोट हुनुका साथै फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने मंसिर १ गते हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved