संविधानले नचिनेका मान्छेहरूले राष्ट्रपतिको अपमान गरे – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले नचिनेका मान्छेहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाव नमानेकोमा सत्ता गठबन्धनको आलोचना गरेका छन्।

नेपालभ्युज

संविधानले नचिनेका मान्छेहरूले राष्ट्रपतिको अपमान गरे – ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले नचिनेका मान्छेहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाव नमानेकोमा सत्ता गठबन्धनको आलोचना गरेका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राष्ट्रपतिले विधेयकमा पुनर्विचार गर्ने कि भन्दा गठबन्धनले मसलको भाषा बोलेको आरोप लगाए।

संसद्मा बसेर नभई बाहिरबाहिर निर्णय गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे।

‘‘बाहिरबाहिर अनाडी मान्छेहरू भेला गरेर, अनाडी मान्छेहरू बसेर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छेहरू बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो। असभ्यता। कुसंस्कार। अलोकतान्त्रिक संस्कार। त्यसको निर्लज्ज प्रयोग अहिलेको यो गठबन्धनले गरिरहेको छ’’, उनले भने।

संसद्को दुवै सदनबाट दोस्रो पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी बेवास्ता गरिदिएपछि सत्ता गठबन्धनले राष्ट्रपतिको आलोचना गरेको छ। एमाले भने पहिल्यैदेखि विधेयकको विपक्षमा थियो।


Comment

One thought on “संविधानले नचिनेका मान्छेहरूले राष्ट्रपतिको अपमान गरे – ओली

  1. यो ओलि बिद्याको लागि जन्मेका होला तर जनताको लागि जन्मेको चाहिँ पक्कै होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved