‘सी’ डिभिजन लिग छनोट सुरु

नेपाल भ्युज

 ‘सी’ डिभिजन लिग छनोट सुरु

काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोट आज बिहीबार देखि सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दुई खेल हुँदैछन् । समूहचरण अन्तर्गतको उद्घाटन खेलमा मुसुरिया फुटबल एकेडेमी र प्रगति युथ क्लब दिउँसो सवा १२ बजे भिड्दैछन्

अर्को खेलमा समूह ‘बी’ को फर्साटिकर युवा क्लब र ग्राम निर्माण बन्धु मण्डल क्लब दिउँसो साढे ३ बजे आमने सामने हुनेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले सहभागी ६२ क्लबलाई २० समुहमा विभाजन गरेको छ ।

हरेक समूहको विजेताले नकआउट चरणमा स्थान पक्का गर्नेछ । नकआउट चरण पनि २ समूहमा विभाजन गरिएको छ । सो समूहका विजेताहरू सी डिभिजन लिगको लागि छनोट हुनुको साथै फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने मंसिर १ गते हुनेछ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved