सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै,  ‘सांसद अपहरण’ को गुन तिरेको टिप्पणी

कोरोना महामारीका कारण देशमा कडा लकडाउन भइरहेको बेला २०७७ सालको बैसाखमा सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व महानिरीक्षक खनालले यादवलाई अपहरण गरी रातीको ३ बजे काठमाडौं ल्याएका थिए ।

नेपालभ्युज

सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै,  ‘सांसद अपहरण’ को गुन तिरेको टिप्पणी

काठमाडौं। नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल विहीबार नेकपा एमालेमा प्रवेश गर्दैछन् । उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । सर्वेन्द्र खनाल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महानिरीक्षक बनेका थिए । खनाललाई एमालेले आउँदो निर्वाचनमा उम्मेदवार बनाउने र पार्टीमा पनि राम्रो जिम्मेवारी दिने तयारी गरेको छ ।

खनालले महानिरीक्षक हुँदा र अवकासपछि पनि एमालेलाई राम्रै गुन लगाएका छन् । कतिसम्म भने तत्कालिन समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याउनेसम्मको अपराधमा सर्वेन्द्र नै सामेल भएका थिए ।

समाजवादी पार्टी फुटाइदिने एमालेको षड्यन्त्र पुरा गर्नको लागि एक जना सांसद अपुग भइरहेको बेला सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै जनकपुर गएर पूर्व महानिरीक्षक खनालले सांसद यादवलाई अपहरण गरेर काठमाडौंको मेरिएट होटलमा ल्याएर राखेका थिए ।

कोरोना महामारीका कारण देशमा कडा लकडाउन भइरहेको बेला २०७७ सालको बैसाखमा सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व महानिरीक्षक खनालले यादवलाई अपहरण गरी रातीको ३ बजे काठमाडौं ल्याएका थिए । यो कार्यको त्यतिबेलै चर्को आलोचना भएको थियो ।

तत्कालिन नेकपा र हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पार्टीले उचित मुल्याङ्कन गर्ने’ आश्वासन दिएका थिए । पार्टीलाई सहयोग गरेवापत अहिले ओलीले सर्वेन्द्रलाई  गुन तिर्न लागेको एमालेकै नेताहरु बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved