वीर अस्पताल अगाडिका औषधि पसल हटाउन दिउँसो १ बजेसम्मको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो बुधबार २४ घण्टाभित्र औषधि पसल  हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन्।

नेपालभ्युज

 वीर अस्पताल अगाडिका औषधि पसल हटाउन दिउँसो १ बजेसम्मको अल्टिमेटम
फाइल तश्वीर

काठमाडौं। काठमाडौंको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाउन महानगपालिकाले विहीबार दिउँसो १ बजेसम्मको अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो बुधबार २४ घण्टाभित्र औषधि पसल  हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन्।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेले विहीबार दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने जानकारी गराएको बताएका छन् । नक्सा विपरीत  रहेका औषधि  पसल हटाइने उनले बताए । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन  खोजेको थियो । तर पसलेको विरोधका कारण हटाउन सकेको थिएन ।

प्रहरी प्रमुख पाण्डेले वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved