बास्केटबल टोलीको बिदाइ

नेपालभ्युज

बास्केटबल टोलीको बिदाइ

काठमाडौं। साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा बिदाइ गरिएको हो ।

माल्दिभ्समा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिदै राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

‘हामीले करिब ३ महिना देखि यस प्रतियोगिताको लागि तयारी गरि रहेका छौँ । पहिलाको संस्करणमा रजत पदक जितेकोले यसपटक स्वर्ण जित्नुपर्ने अपेक्षा र दबाब पनि छ । तर, हाम्रो टोली प्रतिस्पर्धाको लागि तयार छौँ ।’, कप्तान सदिना श्रेष्ठले नेपाल भ्युजलाई जानकारी दिइन् ।

सन् २०१९ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितापश्चात यो नेपाली महिला बास्केटबल टोलीको पहिला अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो । सन् २०१६ मा आयोजना भएको साबामा नेपाली महिला टोलीले दोस्रो स्थान ल्याउन सफल भएको थियो ।

प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मीना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जाने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved