गोठाटार घटना : व्यवसायीलाई गोली हान्नेहरू ३ दिनदेखि छेउछाउकै गेस्टहाउसमा बसेको पुष्टि

नेपालभ्युज

गोठाटार घटना : व्यवसायीलाई गोली हान्नेहरू ३ दिनदेखि छेउछाउकै गेस्टहाउसमा बसेको पुष्टि

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ कपडा व्यवसायी मोहम्मद दर्जीमाथि गोली हान्नेहरू ३ दिनदेखि नजिकैको गेस्ट हाउसमा बसेको पाइएको छ। घटनाको अनुसन्धान प्रहरी श्रोतका अनुसार घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेस्ट हाउसमा बसेको पाइएको हो ।गोली हान्ने समूहमा ३ जना रहेको पनि प्रहरीले जनाएको छ ।

सोमबार साँझ गोली हानी कपडा व्यवसायी सर्लाहीहरिवन–२ का ५५ वर्षीय लाल मोहम्मदको हत्या भएको थियो । गोली हान्ने समूहले एक महिनादेखि लाल मोहम्मदलाई पछ्याइरहेको पाइएको पनि प्रहरीले जनाएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार मोहमदले इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या गरेका थिए । बलराम पनि नक्कली नोट कारोबारी भएपनि समूहगत द्वन्द्वका कारण उनी मारिएको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved