निर्वाचन खर्च समयमै बुझाउन नसक्दा मेयर र उपमेयरका १५ उम्मेदवारलाई जरिवाना

नेपालभ्युज

निर्वाचन खर्च समयमै बुझाउन नसक्दा मेयर र उपमेयरका १५ उम्मेदवारलाई जरिवाना

खोटाङ। निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका आकांक्षी १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तिरायने भएको छ ।  आयोगले पटक–पटक सूचनामार्फत ताकेता गर्दा पनि खर्च बुझाउन आनाकानी गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच तथा हलेसी तुवाचुङका १० उम्मेदवारलाई जरिवाना तोकेको हो ।

निर्वाचन खर्च नबुझाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेकी चन्द्रकुमारी राई, एमालेबाट मेयरमा उठेका कुमारप्रसाद आचार्य, राप्रपाबाट मेयरमा उठेका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा उठेका सुवास राई र एमालेबाट उपमेयरमा उठेका वीणादेवी राईलाई आयोगले जरिवाना तोकेको छ ।

यसैगरी, आयोगले  हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट मेयरमा उठेकी विमला राई (निर्वाचित), एमालेबाट मेयरमा उठेका खडेन्द्र राई, जसपाबाट मेयरका उम्मेदवार अञ्जिल राई, माओवादी केन्द्रबाट मेयरमा उठेकी रुसिका राई, मंगोल नेसनल अर्गनाइजेसनबाट मेयर उठेका बिनेश राई, राप्रपाबाट मेयर उठेका छत्र पुरी, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयर उठेका तुलसीकुमार राई, कांग्रेसबाट उपमेयर उठेका रमेशकुमार राउत (निर्वाचित), माओवादी केन्द्रबाट उपमेयर उठेका अमेम्बर राई र एमालेबाट उपमेयर उठेका तुलसा बुढाथोकीलाई साढे चार लाखका दरले जरिवाना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved