गोठाटारमा गोली लागेका व्यवसायीको उपचारका क्रममा मृत्यु

नेपालभ्युज

गोठाटारमा गोली लागेका व्यवसायीको उपचारका क्रममा मृत्यु
सांकेतिक तस्विर

काठमाडौं । गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अपरिचित व्यक्तिले दर्जीमाथि गोली प्रहार गरेका  थिए ।

उनी  गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

उनलाई तीन गोली लागेको बताइएको छ । घटनास्थलमा एउटा पेस्तोल र गोलीका केही खोका भेटिएको छ । गोली हान्ने तीनजना रहेको बताइएको छ ।

तीन राउन्ड गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले नाका सिल गरेर आक्रमणकारीको खोजी गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved