संविधानलाई संशोधनमार्फत पूर्णता दिन पूर्वप्रधानमन्त्री भट्टराईको अपिल

आठौं संविधान दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै भट्टराईले संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीतर्फ संविधान अधुरो रहेको भन्दै संशोधनमार्फत अघि बढ्न अपिल गरेका हुन् ।

नेपालभ्युज

संविधानलाई संशोधनमार्फत पूर्णता दिन पूर्वप्रधानमन्त्री भट्टराईको अपिल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानमा छुटेका विषयलाई संशोधनमार्फत समेट्न आग्रह गरेका छन् ।

आठौं संविधान दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै भट्टराईले संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणालीतर्फ संविधान अधूरो रहेको भन्दै संशोधनमार्फत अघि बढ्न अपिल गरेका हुन् । मधेसी, थारु र जनजातिको माग र भावना सम्बोधन गर्न संविधान चुकेको उनको तर्क छ ।

भट्टराईले विज्ञप्तिमा भनेका छन्, ‘संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । तर संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणालीतर्फ संविधान अधुरो रह्यो ।’ उनले महिलाप्रतिको विभेद पनि कायमै रहेको भन्दै सुरुमै यो संविधानलाई आधा गिलास भरी र आधा गिलास खाली भनेको स्मरण पनि गराएका छन् ।

“विद्यमान संविधानले सम्बोधन गर्न नसकेको पहिचान सहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद सहितको शासकीय स्वरूप जस्ता महत्वपूर्ण कुरालाई संविधान संशोधनमार्फत पुर्णता दिनैपर्छ” विज्ञप्तिमा भनिएको छ “अत संविधानका उपलब्धिको रक्षा गर्दै अपूर्णतालाई संशोधनमार्फत पूर्णता दिएर लोकतन्त्रलाई निरन्तर विकास गर्न सबै शक्ति र आम जनसमुदायमा अपिल गर्दछु ।”

हेर्नहोस विज्ञप्ति :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved