राष्ट्रिय मानव अधिकार आयोगले भन्यो- ‘निलम्बित प्रधानन्यायाधीशको वैयक्तिक स्वतन्त्रता रक्षा गर’

नेपालभ्युज

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो- ‘निलम्बित प्रधानन्यायाधीशको वैयक्तिक स्वतन्त्रता रक्षा गर’

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रकरणपश्चात् सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार आयोगको टोलीले सर्वोच्च अदालत र निलम्बित प्रधानन्यायाधीश जबराको निवासमा पुगी  पछिल्लो अवस्थाको  जानकारी लिएपछि  विज्ञप्तिमार्फत्  ध्यानाकर्षण भएको बताएको  हो ।

‘जनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले  निलम्बित प्रधानन्यायाधीश जबराले आज सर्वोच्चमा बहाली गर्न जाने तयारी गर्दा उनलाई सुरक्षाकर्मीहरूले विनाकारण निवासबाटै बाहिर निस्कन नदिएको जानकारी प्राप्त भएको बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved