चीनको गुइझोउमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

नेपालभ्युज

चीनको गुइझोउमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

बेइजिङ। चीनको दक्षिण पश्चिम गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिँदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् ।

आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ । बसमा ४७ जना सवार थिए ।

सान्डु सुइ स्वायत्त काउन्टीको राजमार्गमा गुडिरहेका बस एक्कासी दुर्घटना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved