साफ महिला फूटबल : भारतलाई पन्छाउँदै नेपाल फाइनलमा

नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म उपाधि जितेका छैनन् । यसअघि चारपटक सम्म फाइनल पुगे पनि नेपालले उपाधि जित्न  सकेको छैन ।

नेपालभ्युज

साफ महिला फूटबल : भारतलाई पन्छाउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल साफ महिला फुटबलको फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका भएको खेलमा रश्मी कुमारी घिसिङको एक मात्रै गोलबाट नेपालले जित निकालेको हो । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन ।

नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल असोज ३ गते आइतबार हुनेछ । दुवै टोलीले अहिलेसम्म उपाधि जितेका छैनन् ।

यसअघि चारपटक सम्म फाइनल पुगे पनि नेपालले उपाधि जित्न  सकेको छैन । चार पटक नै भारत तगारो बनेको थियो । साफको इतिहासमै नकआउट चरणमा नेपालले भारतलाई पहिलो पटक हराएको हो ।

भारतसँगको प्रतिस्पर्धा हेर्न दशरथ रंगशालामा ७ हजार भन्दा बढी दर्शन उपस्थित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved