प्रचण्डले भने- माओवादी कमजोर भएमा राजनीतिक उपलब्धि गुम्छ

‘‘माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरूको प्रयास नभएको भए देश आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व पनि सम्भव थिएन, माओवादी कमजोर भएमा यी उपलब्धि गुम्न सक्छ।’’

नेपालभ्युज

प्रचण्डले भने- माओवादी कमजोर भएमा राजनीतिक उपलब्धि गुम्छ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन्।

पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा माओवादी केन्द्रलाई बलियो बनाउनुपर्ने जोड दिए।

व्यक्तिगत हितलाई भन्दा पनि पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमानदारीपूर्वक काम गर्ने हो भने माओवादी केन्द्र कम्युनिस्टहरूमध्ये पहिलो शक्ति बन्ने दाबी प्रचण्डको दाबी थियो।

उनले भने, ‘‘माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरूको प्रयास नभएको भए देश आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व पनि सम्भव थिएन, माओवादी कमजोर भएमा यी उपलब्धि गुम्न सक्छ।’’

उनले जनमत माओवादीकै पक्षमा भए पनि आन्तरिक व्यवस्थापन गर्न नसक्दा तराई मधेसमा स्थानीय तह निर्वाचनका क्रममा अपेक्षाअनुसार उपलब्धि हुन नसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved