कोटेश्वर-बालकुमारी सडकखण्डमा बस अनियन्त्रित

नेपालभ्युज

कोटेश्वर-बालकुमारी सडकखण्डमा बस अनियन्त्रित

काठमाडौं। कोटेश्वर-बालकुमारी सडकखण्डमा आज बिहान एक बस अनियन्त्रित भएको छ ।

काठमाडौं‌ उपत्यका चक्रपथ घुम्ने  महासागर यातायातको बा‍.४ख १३६ नम्बरको बस कोटेश्वर बालकुमारीमा अनियन्त्रित भएको हो।

बस आकाशे पुलमुनिको बीच भागको फुटपाथलाई नाघेर तेर्सो परेको छ । बसमा थोरै क्षति भए पनि यात्रु भने सकुशल नै रहेका छन् ।

बस तीव्र गतिमा गुडाएका कारण अनियन्त्रित भएर दुर्घटना भएको महानगरीय प्रहरी कोटेश्वरले जनाएको छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved