संविधान दिवसमा एमालेको ‘वाकाथन’, ओलीलगायत नेता हिँडेरै वसन्तपुर जाने

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते ‘वाकाथन’ नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ । संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।

संविधान दिवसको  दिन अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रूपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले बताए ।

रिजालका अनुसार एमाले अध्यक्ष ओली नयाँ बानेश्वरबाट पैदल हिँड्नेछन् । ‘संविधान निर्माणको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने समाजमा स्थापित नै छ, यसका सबलता र कमजोरी सबै हाम्रो पहलकदमीमा भएकै हुन्,’ रिजालले भने, ‘यसैवापत नाकाबन्दी पनि देशले बेहोर्नुपर्‍यो । केही सातापछि ओली प्रधानमन्त्री भएपछि नै भारतसँग अडान लिने काम सुरु भयो, हामीले सफलता पनि पायौं ।  यो वाकाथनमा हामी यसको पनि सम्झना गर्नेछौं।’

एमालेले आफूलाई संविधानको संरक्षक, पालक, पोषक भएको प्रचार लैजान लागेको हो । संविधान संशोधन गराएर चुच्चे नक्सा अनुमोदन गराउने नेतृत्व पनि एमालेकै भएकाले यो संविधान दिवसलाई विशेष रूपमा मनाउन लागेको उनले बताए ।

असोज १ गते बिहान ६ः४५ बजे बाट मर्निङ वाक सुरु गर्ने भन्दै एमालेले शुभेच्छुक, सर्वसाधारणलाई पनि सहभागी हुन अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved