चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु भेटघाटमा व्यस्त, आज पनि काठमाडौंको ट्राफिक अस्तव्यस्त

चान्सुले राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ ।

नेपालभ्युज

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु भेटघाटमा व्यस्त, आज पनि काठमाडौंको ट्राफिक अस्तव्यस्त

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । चान्सुले राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ । सोमबार नेपाल आएका चान्सुले त्यसैदिन सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेर ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए ।

बुधबार राष्ट्रपतिलाई भेट्नुअघि चान्सुले भक्तपुर दरबार स्वायर अवलोकन गर्ने तालिका छ । उनि भक्तपुर जाने समय बिहान ९ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित हुनेछ । उनि फर्कने समयमा पनि यी रुटमा गाडीको आवागमन प्रभावित हुनेछ ।

यस्तै दिउँसो ३ बजे रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानी पखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।

हिजो र अस्ति पनि काठमाण्डौ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved