भारतलाई हराउँदै बंगलादेश बन्यो समुह विजेता

नेपालभ्युज

भारतलाई हराउँदै बंगलादेश बन्यो समुह विजेता

काठमाडौं ।  बंगलादेश समुह विजेता बन्दै साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले साविक विजेता भारतलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

बंगलादेशका लागि मोसम्मत जे शोपनाले २ र श्रीमोती के सरकारले १ गोल गरे । खेलको १२ औँ मिनेटमा शोपनाले पहिलो गोल गरिन् । खेलको २२ औँ मिनेटमा सरकारले दोस्रो गोल गरिन् । शोपनाले खेलको ५३ औँ मिनेटमा बंगलादेशको लागि तेस्रो गोल गरिन् ।

शुक्रबार हुने सेमिफाइनलमा भुटान र बंगलादेश दिउँसो १ बजे आमने सामने हुनेछन् । सोहि दिनको अर्को खेलमा नेपाल र भारत साढे ५ बजे भिड्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved