वागमती प्रदेश : नेवार र तामाङ भाषा कामकाजीको भाषा बनाइने

नेपालभ्युज

वागमती प्रदेश : नेवार र तामाङ भाषा कामकाजीको भाषा बनाइने

काठमाडौं । । वागमती प्रदेशमा नेवार (नेपाल) भाषा र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । वागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हेटौँडा अस्पतालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालका रूपमा विकास गरिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णशर्मा खनालले जानकारी दिए । प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्ने निर्णय गरेको उनले बताए ।

त्यसैगरी सर्बर डाउन भएर अघिल्लो आवको रकम भुक्तानी पाउन नसकेकोमा प्रक्रिया मिलाउने निर्णय गरिएको बताउँदै झण्डै एक अर्ब ५० करोड भुक्तानी बाँकी रहेको प्रवक्ता खनालले जानकारी दिए । साथै असोज ३ गते संविधान दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको प्रवक्ता खनालले जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved