काठमाडौं। नेपाली महिला फुटबल टोलीको गोल मेसिन सावित्रा भण्डारी साम्बालाई डेंगु संक्रमण पुष्टि भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार हुने श्रीलंका विरुद्धको खेल साम्बाले गुमाउने भएकी हुन् ।
डेंगुको संक्रमण अत्याधिक फैलिएको समयमा सावित्रासँगै टोलीका सदस्य मन्जली योन्जन र गोलकिपर प्रशिक्षक सुरज कुमार लामालाई पनि डेंगु संक्रमण भएको छ । सबैको अवस्था भने सामान्य रहेको छ ।
साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंका बीचको खेल सोमबार बेलुकी साढे ५ बजे सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छ ।
यसअघि, पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । यससँगै नेपालले ३ अंक जोडेको छ । सोमबार श्रीलंकालाई पराजित गरेमा भने नेपाल समूह विजेता हुँदै अन्तिम चार चरणमा पुग्नेछ ।
Facebook Comment
Comment