नेपाली कांग्रेस (बीपी)ले घोषणापत्रलाई अन्तिम रूप दिँदै

नेपालभ्युज

नेपाली कांग्रेस (बीपी)ले घोषणापत्रलाई अन्तिम रूप दिँदै

काठमाडौं। नेपाली कांग्रेस (बीपी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणपत्रलाई अन्तिम रूप दिन थालेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले घोषणपत्रको मस्यौदा सार्वजनिक गरेको हो ।

सोमबारको बैठकमा घोषणापत्रको मस्यौदा सार्वजनिक गरेको र घोषणापत्रलाई थप परिमार्जनका लागि सुझाव माग गरेको पार्टीका प्रवक्ता शिव सिम्खडाले जानकारी दिए ।

राजसंस्था, धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र ,राजनीतिक स्थायित्व र दिगो शान्ति स्थापना गरी समृद्धि प्राप्त गर्ने विषय घोषणापत्रमा समेटिएको छ । यस्तै, महँगी , बेरोजगारी, दैनिक उपभोगका वस्तुको अभावलाई समाधान गर्न पर्यटन प्रवर्द्धनलाई आधार बनाउने उल्लेख छ । यस्तै, शिक्षा, स्वास्थ्य, राजेगारीको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि घोाषणापत्रमा उल्लेख छ ।

दैनिक जनजिविकालाई सहज बनाउँदै आर्थिक समृद्धिको दिशाातर्फ लैजान देशमा उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्ने उल्लेख छ । यस्तै, असम्लग्न नीति पछ्याउँदै सबै छिमेकीहरूसँग समान सम्बन्ध स्थापित गर्ने उल्लेख छ । यस्तै, सोमबार बैठकले निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष सुशिलमान शेरचनले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकढिक्का भएर लाग्न निर्देशन दिएका छन् । सोमबारको केन्द्रीय समिति बैठक अघि नेपाली कांग्रेस मकवानपुरकी महिला नेतृ रिता खनालसहित विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved