एसिया कप क्रिकेट

पाकिस्तानलाई हराउँदै श्रीलंकाले ८ वर्षपछि जित्यो उपाधि

श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । तर यो उपाधि उसले आठ वर्षपछि जितेको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

नेपालभ्युज

पाकिस्तानलाई हराउँदै श्रीलंकाले ८ वर्षपछि जित्यो उपाधि

काठमाडौं । पाकिस्तानलाई हराउँदै श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा आइतबार राति फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसियाको च्याम्पियन बनेको हो ।

१ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई श्रीलंकाले अन्तिम बलमा १४७ रनमा अलआउट गरेको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रन बनाए पनि हार टार्न सकेनन् ।

Asif Ali is bowled, Sri Lanka vs Pakistan, Asia Cup final, Dubai, September 11, 2022

इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाउनुवाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए । चामिका करुनारत्नेले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहदै ७१ रनको इनिङ्स खेले । यस्तै वानिन्दु हसरंगाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ३ विकेट लिए । श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ । तर यो उपाधि उसले आठ वर्षपछि जितेको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved