न्युजिल्यान्डमा ह्वेल माछासँग डुङ्गा ठोकिँदा पाँच जनाको ज्यान गयो

न्युजिल्यान्डमा चरा अवलोकलनका यात्रु बोकेको एक डुङ्गा ह्वेल माछासँग ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग जेटबोट डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ ।

नेपालभ्युज

न्युजिल्यान्डमा ह्वेल माछासँग डुङ्गा ठोकिँदा पाँच जनाको ज्यान गयो

न्युजिल्यान्ड। न्युजिल्यान्डमा चरा अवलोकनका यात्रु बोकेको एक डुङ्गा ह्वेल माछासँग ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग जेटबोट डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ ।

डुङ्गामा ११ जना रहेकोमा ६ जनाको सकुशल उद्धार गरिएको न्युजिल्यान्डको प्रहरीले जनाएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा चरा र  ह्वेल सहित समन्द्री जीव अवलोकनका लागि प्रसिद्ध छ । डुङ्गा दुर्घटनापछि तीन वटा हेलिकप्टरको प्रयोग गरेर उद्धार गरिएको थियो ।

ह्वेल माछाले मानिस तथा मानिस चढेको डुङ्गालाई आक्रमण गर्दैन । तर पनि ह्वेलसँगै डुङ्गा कसरी ठोक्कियो भन्नेबारेमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

यो ठाउँ समुद्री जीवनका प्रशंसकहरू बीच लोकप्रिय छ  । धेरै स्थानीय व्यवसायहरूले पर्यटकलाई ह्वेल र डल्फिनहरू हेर्न डुङ्गा र हेलिकप्टरको यात्रा गर्न आग्रह गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved